साउन ३१, काठमाडौं । डा. गोविन्द केसीले आमरण अनसन स्थगित गर्ने भएका छन् । बाढी पहिरोबाट देशभर जनधनको क्षतिलाई ध्यानमा राखेर २३ दिनदेखिको अनशन स्थगित गरेका छन् ।
डा. केसीलाई अनशन स्थगित गरेलगत्तै उपचारका लागि आइसियूमा लगिएको छ । चिकित्सा शिक्षा विधेयक बाहेकका अधिकांश माग भने सम्बोधन भैसकेको छ ।
डा. केसीले २३ दिनदेखि जारी अनसन तोड्नु अघि सरकारले केही निर्णय गर्दैछ भने त्रिभुवन विश्वविद्यालयले केसीको माग सम्बोधन गर्न केही निर्णय लिएको छ । त्रिभुवन विश्वविद्यालयले मेडिकल कलेजको सिट र शुल्क निर्धारणको अधिकार आईओएममा फिर्ता गरेको छ ।








