साउन ३०, काठमाण्डौं । रातो कार्ड दिने रेफ्रिलाई धकेलेको आरोपमा पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई ५ खेल प्रतिबन्ध लागेको छ ।
स्पेनिस सुपर कपको पहिलो लेगमा आइतबार राती क्याम्प नोउमा बार्सिलोनाविरुद्ध भएको खेलमा रोनाल्डोले रातो कार्ड पाएका थिए। अतिरिक्त खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका रोनाल्डोले २४ मिनेटमा दुई वटा पहेँलो कार्ड पाएका थिए । उनले ८० औं मिनेटमा एउटा उत्कृष्ट गोल पनि गरे।
दुई पहेँलो कार्डका कारण उनले एक खेल स्वत गुमाउनेछन् भने बाँकी चार खेलको प्रतिबन्ध रेफ्रीलाई धेकेलेका लगायतका कारणले लागेको हो ।








