साउन ३०, बाँके। क्रियासील पत्रकार महिलाहरुले बाढी पिडितहरुका लागि तिज खर्च कटौती गरी राहत संकलन गर्ने भएका छन् । क्रियासील पत्रकार महिला बाँकेका कार्यबाहक अध्यक्ष अमृता के सीको अध्यक्षतामा आज बसेको बैठकले प्राकृतीक प्रकोप बाढीबाट पिडीतहरुको सहयोगार्थ पत्रकार महिलाहरुले तिजको खर्च कटौती गरी राहत संकलन गर्ने निर्णय गरेका हुन् ।
आज सोमबार बसेको बैठकबाट पत्रकार महिलाहरुले १२ हजार रुपैंया नगद संकलन गरेका छन् । राहत रकम सहयोग गर्नेहरुमा क्रियासील पत्रकार महिला बाँकेका सल्लाहाकार तथा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर,दिपा आले ,अमृता के सी, सुनिता वर्मा, करुणा शाह, सन्ध्या शर्मा,लक्ष्मी विसि ,कमला हमाल, ,सावित्रि गीरी , लक्ष्मी चौधरी , सदिक्षा शाह,सुमित्रा पण्डित,लक्ष्मी गौडेल,निकिता लामिछाने , निशा शाह , बिमला चौधरी ,रेजिना मल्ल रहेका छन् ।
संकलन गरिएको रकमबाट राहत सामग्री खरिद गरी दैवि प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्ने भएका छन् । बाढी पिडिहरुलाई सानो भएपनि सहयोग हस्तान्तरण गर्नका लागि आफूहरुले आउँदै गरेको महिलाहरुको महान चाड हरितालिका तिजमा गर्ने खर्च कटौति गरी राहत संकलन गरिएको कार्यबाहक अध्यक्ष अमृता के सीले जानकारी दिनुभयो ।
बाढीबाट पिडित भएकाहरुलाई सहयोग गर्न क्रियासील पत्रकार महिलाहरुले सबैलाई आग्रह गरेका छन् । सहयोग गर्न चाहनेहरुले भोली दिउँसो २ बजे सम्म कार्यबाहक अध्यक्ष अमृता के सी ९८४८०९५०६९,सचिव लक्ष्मी विसि ९८४८१०८८३६, कोषाध्यक्ष कमला हमाल ९८४८३५१३२६ र सदस्य करुणा शाहलाई ९८४८०२७७७० सम्पर्क गर्न अनुरोध गरिएको छ ।








