नेमार भित्रीएसँगै अरियरलाई बेच्दै पीएसजी, म्यानचेस्टर यूनाइटेडले किन्ने तयारी

असनेपाल न्युज । अधिकतम मुल्यमा नेमारलाई बार्सिलोनाबाट पीएसजी भित्र्याएसँगै पीएसजीले सर्ज अरियरलाई बेच्न लागेको छ । पीएसजीको यो निर्णय सँगै म्यानचेस्टर यूनाइटेडले सर्ज अरियरलाई क्लब भित्र्याउने तयारी गरेको छ। पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट यूनाइटेडले पाँच बर्षका लागि सर्ज एरियरलाई भित्र्याउने तयारी गरेको हो।

यूनाइटेडले उनलाई कतिमा खरिद गर्न लागेको भन्ने खुलाइएको छैन् तर क्लबले उनको भ्यालुएसन २७ मिलियन पाउण्ड आसपासमा गरेको समाचारमाध्यमहरुले जनाएका छन्। यूनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले क्लबमा राइट ब्याकको विकल्प खोजीरहेका बेला उनलाई भित्र्याउने योजना बनाएको हो। आइभरी कोस्टका स्टार २४ बर्षिय अरियरले पीएसजीमा पछिल्ला छ बर्षमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए।

 

सम्बन्धित शिर्षकहरु