कोरियन भाषा परिक्षामा नाम निस्कियो ?अबको प्रकृया यस्तो छ

साउन २२, काठमाण्गडौं । गत साउन १० गते आठौं कोरियन भाषा परिक्षाको परिक्षा फल प्रकाशित भएको थियो । ६८ हजार ४ सय ६९ जना परिक्षार्थी सामेल भएकोमा जम्मा १२ हजार १ सय ८ जना परिक्षार्थी उत्रिण भएका थिए ।

धेरै जनाको अंक एउटै आएको कारण कामदारको माग भन्दा १ हजार ९ सय ८ जना धेरैको नाम निस्किए पनि १० हजार २ सय जनामात्र कोरिया जान पाउने भएका छन्  । पछिल्लो चरणमा नाम निस्किएका मध्य १ हजार ९ सय ८ जना फालिने इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी बताएका थिए ।

यसपाली भाषा परीक्षा पास भएकाहरूले स्किल टेष्ट दिनु पर्ने नियम हटेको ईपिएस कोरिया शाखाले जनाएको छ।भने इपिएस शाखाले अबको १० देखि १५ दिनमा एउटा कार्यतालिका निकाल्दै छ। जसमा स्वास्थ्य परिक्षण गर्ने मिति तय गरिएको हुन्छ। स्वास्थ्य परिक्षणको लागि ४ वटा अस्पताल तोकिने इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए । स्वास्थ्य परिक्षण तथा रोजगार आवेदन फारमको कार्य २०७४ सालको दिपावली पश्चात लगत्तै हुने भएकोले वडादशैं र दिपावलीको वीचमा प्रहरी प्रतिवेदन बनाउनु पनेर्छ।

स्वास्थ्य परीक्षण गरेको चौथो दिनमा रोजगार आवेदन फारम भर्नको लागि ईपिएस शाखा कार्यलय जानुपर्नेछ । फारम भरेपछि कामदारको खास्सै काम बाकीँ रहदैन । त्यसपछि फेब्रुवरीको पहिलो–दोस्रो साता देखि लेबर कन्ट्रयाक (सम्बन्धित कम्पनिको दस्तखत भएको पेपर) आउछ र कामदार कोरिया जान सुरु हन्छ। यस प्रकृमा १ हजार ९ सय ८ जना फालिनेछन्।
अन्य बिष्तृत जानकारीको लागि ईपिएस शाखामा सम्पर्क गर्न सकिनेछ।

 

सम्बन्धित शिर्षकहरु