भारतीय पक्षको अडानका कारण नेपाल प्रहरी प्रतिष्ठान निर्माण अन्योलमा

साउन २०, काठमाडौं । भारतीय सहयोगमा बन्ने भनिएको नेपाल प्रहरी प्रतिष्ठान अझै अन्योलमा छ । नेपालले एकपक्षीय ढंगले प्रतिष्ठानको गुरुयोजना बनाएको भन्दै भारतीय पक्ष असन्तुष्ट बनेपछि प्रतिष्ठान निर्माण अन्योलमा परेको हो । काभ्रेको पनौतीमा प्रहरी प्रतिष्ठान बनाउन भारतले १८ वर्षयता नेपाललाई आस देखाउँदै आएको छ ।

नेपालले पनौतीमा ४२.२ हेक्टर जग्गा अधिग्रहण पनि गरिसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला सिंहदरबारमा प्रतिष्ठानको शिलान्यास गरेका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र मोदीले संयुक्त रुपमा प्रतिष्ठानको शिलान्यास गरेका थिए ।

शिलान्यासको फोटो अहिले पनि प्रहरी प्रतिष्ठान महाराजगञ्जमा सजाएर राखिएको छ । पछिल्लो समय भारतले परामर्शदाता नियुक्तिका लागि आह्वान गरेको आवेदनमा १० वटा फर्मले दरखास्त हालेका थिए । भारतीय पक्षले परामर्शदाता नियुक्तिमा आफ्नो परामर्श लिनुपर्ने अडान राखेपछि उक्त प्रक्रिया रोकिएको थियो । अाजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु