साउन २०, पोखरा । फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ ।
फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित फेवाताल छानविन समितिले अध्ययनपछि यो तथ्य पत्ता लगाएको हो ।
समितिले करिव ९ सय ५० जना ब्यक्तिको लालपुर्जा खारेज गर्न सिफरिस गरेको छ । अाजको नागरिक दैनिकले खबर छापेको छ ।








