साउन १९,काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन्। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डा. वाग्लेलाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि रिक्त रहेको पदमा उनी नियुक्ती भएका हुन् । उनी यस अघि पनि दुर्इ पटक आयोगको सदस्य भइसकेका छन्। सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार क्षेत्रका विज्ञ रहेका वाग्लेले अष्ट्रेलियाको अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । यस्तै अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन्। उनले विश्व बैकको मुख्यालय वासिङ्टन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए।
राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसँग नीति विश्लेशकको रुपमा काम गरेको अनुभव छ। उनको दर्जनभन्दा बढी अर्थशास्त्र सम्बन्धी प्राज्ञिक लेख अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन् । उनी २०४६ सालको एसएलसीका बोर्ड सेकेण्ड पनि हुन् ।








