असनेपाल न्युज । लामो समयदेखी नेपाली समुदाय बीच चिरपरिचित बाबा एजुकेशन कन्सलटेन्सीले २६ अगस्ट शनीबारका दिन साङ्गीत कार्यक्रम अायोजना गर्ने भएको छ । सो दिन कन्सलटेन्सीले अष्ट्रेलिया स्थित वार मेमोरीयल हल,२ हाइ स्ट्रट,हर्न्सडीमा ‘सुर्के थैली साँझ २०१७’ अायोजना गर्न लागेको हो । कार्रयक्रममा विभिन्न विधाका सङ्गीत र नृत्य प्रस्तुत गरीने छ । कार्यक्रममा नेपालका चर्चित कलाकार,संगीतकार तथा गायक-गायीकाहरूले प्रस्तुती दिएर सहभागी सबैलार्इ भरपुर मनोरंन्जन प्रदान गर्ने छन् । कार्यक्रमलार्इ विभिन्न संस्थाहरुले समर्थन तथा सहयोग गर्नेछन् । कार्यक्रममा दुर्इ जनालार्इ खाना सहितको टिकट मुल्य ३५ डलर तोकिएको छ भने थप दुर्इ बालबच्चा सहितलार्इ खाना भएको टिकटको मुल्य ९० डलर तोकिएको छ ।









