साउन १७, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका ५ सदस्य मंगलबार भारतीय राजदूतावास गएका छन् । संविधान संशोधन, आसन्न तेस्रो चरणको स्थानीय चुनाव, केन्द्र र प्रदेशको चुनाव, राजपाको आगामी रणनीतिबारे छलफल तथा परामर्श लिन नेताहरु दूतावास गएको स्रोतले बताएको छ । राजपालाई भारतले के सुझाव दियो भन्ने विषय भने खुल्न सकेको छैन् ।
लैनचौरस्थित दूतावास जानेमा राजपाका संयोजक महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी र अनिल झा रहेका छन् ।








