खाना पकाउने ग्याँसको मुल्य फेरी घट्यो

साउन १७,काठमाडौं । नेपाल आयाल निगमले खाना पकाउने एलपी ग्याँसको मूल्य घटाएको छ।

निगमले प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य घटाएको जनाएको छ। यसअघि प्रतिसिलिण्डर १३५० रुपैयाँ रहेको ग्याँसलाई अव उपभोक्ताले १३२५ रुपैयाँ तिरे पुग्छ।

निगमका प्रवक्ता सिताराम पोखरेलले भारतबाट आएको नयाँ मूल्यसूची अनुसार ग्याँसको मूल्य समायोजना गरिएको बताए। अन्य इन्धनको मूल्य भने बढेर आए पनि हाललाई भने साविककै मुल्यलाई निरन्तरता दिइएको उनले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु