मन्त्रीहरुको सपथ अपरान्ह चार बजे

साउन ११, काठमाडौं । मन्त्रिपरिषद बिस्तार आज अपरान्ह चार बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा चार बजे नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनेछिन् ।

देउवाले कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त लगायत दललाई समेटेर मन्त्रिमण्डल बिस्तार गर्दैछन् ।

सम्बन्धित शिर्षकहरु