साउन ८, काठमाडौं। निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले भरतपुर–पोखरा उडान भर्ने भएको छ ।
आगामी भदौ ३० गतेवाट भतपुर–पोखरा–भरतपुर उडान सुरु गर्न लागेको हो । चितवन र पोखार भ्रमण गर्ने पर्यटकको सहजताका लागि भरतपुर–पोखरा, भरतपुर उडान भर्न लागिएको वुद्ध एयरले जनाएको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा हुने गरेको अवरोध र मानविय क्षतीका कारण पनि बुद्धले यो उडान सुरु गर्ने घोषणा गरेको हो । क्षेत्रिय विमानस्थलबाट मुलुकका अन्य क्षेत्रमा उडान भर्ने गरेको भएपनि एक शहरवाट अर्को शहरमा भने यो वुद्धको पहिलो उडान हो । यो उडानमा एक तर्फी भाडा ३ हजार ६ सय ५५ रुपैयाँ तोकिएको छ ।
यात्रुले यो उडानमा वाई क्लासमा २५ किलो, ए र बी क्लासमा २० किलो, सि, डी र ई क्लासमा १५ किलो लगेज सेवा पाउनेछन् ।









