साउन ८,काठमाण्डौं । राजधानीका सडकका खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च अधिकारीहरु छलफलमै ब्यस्त भईरहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको समयसीमा भित्र सडकका समसया समाधान हुन कठिन हुने भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले सरोकारवाला निकायका सचिवलाई गत आईतबार सडकका खाल्डा पुरेर ब्यवस्थित बनाउन निर्देशन दिएका थिए ।
तर प्रधामन्त्रीले निर्देशन दिएको एक सातासम्म पनि जिम्मेवार अधिकारीहरु छलफलमै ब्यस्त रहेकोले तोकिएको समयमा काम पुरा हुन नसक्ने देखिएको छ ।
खाल्डा पुर्ने जिम्मेवारी पाएका खानेपानी तथा सरसफाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय हो । जिम्मेवारी पाएका सचिवहरू कार्यालयको बैंठकमै बस्नुपर्ने भएकाले काममा निस्कन नपाएको बताउँछन् ।
आजको नागरिक दैनिकमा खबर छ।









