इयुको कालोसूचीबाट नेपाल बाहिरियो

साउन ६, काठमाडौं । युरोपेली युनियन (इयु)को कालो सूचीमा रहेको नेपाल सुचीबाट हटेको छ । यससँगै अब नेपाली जहाज युरोपको आकाशमा उड्न पाउनेछन् । अन्तर्राष्ट्रिय हवाई उड्ययन संस्था (आइकाओ) को अडिटमा ‘बेसिक युनिभर्सल लेभल’ पार गर्दै नेपाल कालोसूचीबाट मुक्त भएको हो ।

नेपालमा हवाई दुर्घटना अत्याधिक मात्रामा बढेपछि इयुले चार वर्षअगाडि सन् २०१३ मा नेपाली हवाई उड्ययन कम्पनीले सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै उड्ययन क्षेत्रमा नेपाललाई कालोसूचीमा राखेको थियो । तर, पछिल्लो समय हवाई उडानमा सावधानी अपनाउँदै दुर्घटना न्युनिकरण गर्न सफल भएपछि इयु नेपाललाई कालोसूचीबाट हटाउन तयार भएको हो । अब नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले युरोपको उडान गर्न पाउने भएकाछन् ।

सम्बन्धित शिर्षकहरु