ज्यानको प्रवाह नगरी हातैले समातेर बम फाल्ने हवल्दार रानाको बढुवा

साउन ५, काठमाडौं । दाङको तुलसीपुर ३ अम्बास मतदान केन्द्रको बुथ सुरक्षामा रहेका प्रहरी हवल्दार गोरेबहादुर रानाले ज्यानको प्रवाह नगरी बुथलाई लक्षित गरि प्रहार गरेको बम भूईमा खस्न नपाई फालेपछि उनको नाम चर्चामा चुलिएको थियो ।  हबल्दार राना स्थानीय तहको दोस्रो चरणको चुनावमा दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित आधारभूत विद्यालय प्रतापकोट मतदान केन्द्रमा खटिएका थिए । उनै  चर्चा कमाएका प्रहरी हवल्दार दुर्गाबहादुर रानाको बढुवा भएको छ । रानालाई असईमा बढुवा गरिएको हो । रानालाई गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु