आर्थिक वर्ष २०७३/७४ मा बिद्यार्थीबाट मात्रै डेढ अर्ब रुपैयाँ बिदेशियो

साउन ४, काठमाडौं । एक वर्षमा ५० हजारभन्दा बढी नेपाली बिद्यार्थीले बिदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेसन लेटर’ लिएका छन् । अध्ययनका लागि भिषा आवेदन गर्दा आर्थिक वर्ष २०७३/७४ मा मात्र डेढ अर्ब रुपैयाँ बिदेशिएको छ ।

गत वर्ष ३२ हजार ४८९ नेपाली बिद्यार्थीले बैदेशिक अध्ययनका लागि आवेदन दिएकोमा यस वर्ष त्यस भन्दा १८ हजार १७० बढी बिद्यार्थीले आवेदन दिएका छन् ।

शिक्षा मन्त्रालयबाट नो अब्जेसन लेटर लिने ५० हजार ६५९ बिद्यार्थीमध्ये २४ हजार २३३ बिद्यार्थीले अष्ट्रेलियाका लागि आवेदन दिएका छन् । अष्ट्रेलियाको भिषा आवेदनका लागि करिव ४५ हजार नेपाली रुपैयाँ पर्छ ।

नेपाली बिद्यार्थीको बिदेश मोहबारे शिक्षा मन्त्रालयले कुनै अध्ययन गरेको छैन । यसबारे अनौपचारिक बिश्लेषणमात्र हुने गरेको छ । अाजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु