सिड्नीमा ” तीज धमाका २०१७”हुने:

 

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

अजी फाईनान्स होमलोनको प्रस्तुतीमा सिड्नीमा ” तीज धमाका २०१७”हुनेभएको छ। हरितालिका तीजको अवसरमा गर्न लागिएको सो कार्यक्रम २९ जुलाई २०१७ शनिबार सांझ ६ बजेबाट सुरुहुनेछ। कार्यक्रममा नेपालबाट आउने चर्चित लोक गायीका तथा कलाकारहरुको वेजोड प्रस्तुती रहने बताईएको छ। “ससुरालिमा ख्याल ख्यालमै दिलबस्यो कान्छिसालिमा” भन्ने गितबाट चर्चा कमाएकी गायीका सिन्धु मल्लले सिड्नीका दर्शकहरुलाई नचाउनेछिन्।

 

यस्तै सो कार्यक्रममा चन्दा अर्याल र सपना खत्रिको पनि जोडदार प्रस्तुती रहनेछ। सिन्धु मल्लका थूप्रै नेपाली तीजगितहरु दर्शकहरुले औधि मन पराएका छन। टिकट २०डलर राखिएको सो कार्यक्रम ४४८ प्रिन्सेस हाईवे रकडेल टाउनहलमा हुनेछ। लामो समयदेखि अष्ट्रेलिया स्थित ओरेन्जमा बस्दै आएका बिरेन्द्र दिप मल्लले यो कार्यक्रमको आयोजना गर्नलागेकाहुन। उनी नेपाली लोकगीतलाई प्रवासमा प्रवर्दनको निम्ती लागि परिरहेका छन। असनेपालन्युज संगको छोटो कुराकानीमा मल्लले सो कार्यक्रममा सम्पूण सिड्नीबासी महानुभावहरुलाई सहभागि भईदिनुहुन अनुरोध गरेका छन।

सम्बन्धित शिर्षकहरु