एक सातादेखि विद्युत अवरूद्ध हुँदा सेवाग्राही मारमा

असार ३१, काठमाडौं । कैलालीको धनगढीदेखि डडेल्धुरासम्म जोड्ने भिमदत्त राजमार्गको आसपास क्षेत्रमा एक सातादेखि  विद्युत्त सेवा अवरूद्ध हुँदा सेवाग्राही मारमा परेका छन् । विद्युत्त सेवा अनियमित भएपछि यसको प्रतक्ष असर यस क्षेत्रका उद्योगधन्दा तथा सञ्चार माध्यमा परेका छन् । विद्युत्त अवरूद्भका कारण डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी क्षेत्रका अधिकांश रेडियोहरु समेत नियमीत संचालनमा अाउन सकेका छैनन् । विद्युतीय उपकरणबाट हुने अधिकांश कामकाज ठप्प भएका छन भने यस क्षेत्रको व्यापार व्यवसाय पनि ओरालो लागेको ब्यापारीहरुको गुनासो छ ।

सम्बन्धित शिर्षकहरु