काठमाडौंको ६६ प्रतिशत खानेपानीमा दिसामा पाइने जिवाणु

असार ३१, काठमाडौं । काठमाडौं उपत्यकाले प्रयोग गर्ने ६६ प्रतिशत पिउने पानीमा मानव दिसामा पाइने  कोलिर्फम नामक जिवाणु भेटिएको छ । यसका कारण मानिसहरूमा हैजाको संक्रमण पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले काठमाडौंका १७ वटा अस्पतालमा गरेको अध्ययनले दैनिक भर्ना हुने झाडापखालाको विरामीेमा उक्त जिवाणु भेटिएको पत्ता लगाएको हो ।

अध्ययनका क्रममा जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न सहयोगी संस्थाहरुसित मिलेर पानी शुद्धिकरण सम्बन्धि जाच गर्ने क्रममा काठमाडौका पाउने झण्डै ६६ प्रतिशत पानीमा कोर्लिर्फमको जिवाणु भेट्टाएको हो । कोलिर्फम भन्नाले दिसा मिसिएको पानी भन्ने बुझिन्छ ।

यस्तो पानी हैजाको मूल कारक तत्व मानिन्छ । हैजा भएमा विरामीलाई चौलानी जस्तो दिशा हुने, पखाला लाग्ने, वान्ता हुने, मांसपशी बौडिने, शरीरमा पानीको मात्रा न्युन हुने,  बेहोस हुने, पानी कम भएर मृगौला फेल भई मानिस मर्न समेत सक्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष २८ हजारदेखि एक लाख ४२ हजार मानिस हैजाबाट मर्ने गर्छन् ।

बासी, झिंगा भन्केको, सडेगलेको खानेकुरा नखाएर र शुद्ध पानी पिउने तथा खानपानमा विशेष ध्यानाले यसबाट बच्न सकिन्छ ।

सम्बन्धित शिर्षकहरु