
असार २९, काठमाडौं । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्द एघार अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पेश गरेको छ ।
आज समय अभावका कारण मुद्दा दर्ता हुन पाएन । राज्यलाई कर फर्स्योट आयोगमार्फत गैरकानूनी ढंगले अर्बौ रुपैयाँ घाटा पर्नेगरि कर छुट दिएको आरोपमा शर्माविरुद्ध अख्तियारले अदालतमा मुद्दा हालेको हो । अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठका अनुसार चुडामणिविरुद्ध अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो । समय अभावका कारण आज मुद्दा दर्ता हुन नसकेको श्रेष्ठले जानकारी दिए ।
शर्मालाई गत जेठ १९ गते अख्तियारको टोलीले पक्राउ गरेको थियो । कर फर्स्यौटमा अनियमितता गरेको भन्दै उनी अख्तियारको हिरासतमा थिए ।








