असार २२, काठमाण्डौं । विवादै विवादमा परेर सांगठनिक रुपमा बदनामी कमाएको सशस्त्र प्रहरीबलभित्र फेरी एकले अर्कालाई सिध्याउने खेल सुरु भएको छ । स्थापना भएको १७ बर्षमा ९ वटा प्रमुख फेरेको सो संगठनका ४ जनामाथी भ्रष्टाचारको अभियोग लागेर अहिले अदालत धाइरहेका छन् ।
बहालवाला प्रमुख हुँदा नै भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेका तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त नेपालको सुरक्षा इतिहासमा कलंक लागेर निलम्बनमा पर्ने पहिलो व्यक्तीको रुपमा दर्ता भएका छन् । पछिल्लो पटक गर्न लागेको नियम संसोधनले संगठनभित्रका उच्च अधिकारी बिच तिक्तता उत्पन्न गराइदिएको छ ।
सो संगठन भित्र ३० बर्षे सेवा अवधि हटाउने र सेवा अवधि ३२ बर्ष बनाउने खेलमा संगठनमा प्रमुख नै लागेपछी विवादले उग्र रुप लिएको छ ।
आजको नेपाल समाचारपत्र मा खवर छ ।







