असार १५, काठमाडौं । अमेरिकाले ६ मुसलिम राष्ट्रका यात्री र शरणार्थीलाई अमेरिकामा रहेका परिवारसँगको निकटता वा अमेरिकासँगको व्यापारिक सम्बन्धका आधारमा मात्रै आफ्नो देशमा भिसा दिने गरी नयाँ नियम ल्याएको छ । उक्त्त्त नियम विहिवार देखीनै लागु भएको छ । विषेश गरी लिबिया,इरान,सोमालिया, सिरिया,सुडान र यमनका नागरिकलाई लक्षित उक्त नियम ल्याईएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्धलाई परिमार्जन गरि लागु गर्न अनुमति दिएपछि अमेरिकाको सर्वोच्च अदालतले यो नयाँ प्रावधान ल्याएको हो । तल्लो अदालतले परिमार्जित नियमलाई रोक लगाएको छ । ९० दिने यात्रा प्रतिबन्धको आंशिक रुपमा लिइएको यो नयां नियम अनुसार ६ राष्ट्रका नागरिकले अमेरिकामा आफन्तहरु लामो समयदेखि बसोबास गरिरहेको हो भनि प्रमाणित गर्न नसकेको खण्डमा अमेरिका प्रवेश गर्न नपाउने बीबीसीले उल्लेख गरेको छ ।
सम्बन्ध वा निकटता प्रमाणित गर्नको लागि आवश्यक पर्ने सबै कागजात नयाँ नियमकै लागि भनेर बनाइएको हुन नहुने औपचारिक हुनुपर्ने पनि प्रस्ट पारिएको छ । नयाँ नियम लागु हुनुभन्दा अगाडी भिसा लगाइएको पासपोर्ट वाहकहरुलाई नयाँ नियमले केही असर नगर्ने पनि जनाइएको छ ।








