चुडामणी शर्मा सँग ३ अरब धरौटी मागियो

असार १५, काठमाडौं । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ अर्ब रुपैयाँ धरौटी मागेको छ । तारेखमा छुटाउने गरी शर्मासँग रु. ३ अर्ब धरौटी मागिएको हो यदी यो धरौंटी तिर्न सकेमा शर्मा थुनामुक्त हुनेछन् । ‘हालसम्म देखिएको अनुसन्धानको परिणामका आधारमा उनलाई ३ अर्ब रुपैयाँ धरौटीमा मानिएको जनाईएको छ ।

शर्मा गत जेठ १९ गते पक्राउ परेका थिए । सहसचिव शर्मालाई कर फस्र्यौट आयोगमार्फत अवैधानिक रुपमा २० अर्बभन्दा बढी कर मिनाहा दिइएको आरोप लगाइएको छ । झण्डै ९ सय ४४ फाइल अझै खोल्न बाँकी नै छ । अख्तिायरले ३ अर्ब रुपैयाँ धरौटी मागेपछि शर्माले त्यसको लागि आफ्ना वकिलमार्फत तयारी थालेका छन् ।

 

सम्बन्धित शिर्षकहरु