विप्लव नेतृत्वको पार्टी द्वारा भारतीय दूताबास अगाडि विरोध प्रदर्शन

असार १२, काठमाडौं । दार्जीलिङमा नेपाली भाषी माथि दमन गरिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय दूताबास अगाडि विरोध प्रदर्शन गरेको छ । नेकपाका नेताहरु धर्मेन्द्र बास्तोला लगायतको नेतृत्वमा जुलुस लैनचौर पुगेका थियो ।

नेपाली भाषी भएकै कारण दमन भएको र यो मानवअधिकारको घोर उल्लंघन भएको विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य बास्तोलाले बताउनुभयो । भारतकै अन्य राज्यका जनताले आन्दोलन गर्दा सुनुवाई हुने तर दार्जीलिङमा दमन भएको भन्दै उनले गोर्खाल्याण्डको मागलाई नेपालसँग जोडेर नहेर्न आग्रह गर्नुभयो । नेकपाले दूताबासमार्फत भारतीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइने बताइएको छ ।

सम्बन्धित शिर्षकहरु