दार्जिलिङमा शान्तिको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन

असार १०, काठमाण्डौं । भारतको दार्जिलङ आसपासका क्षेत्रमा शान्तिको कामना गर्दै आज यहाँ दिप प्रजज्वलन गरिएको छ ।

पशुपति मन्दिरको आरत स्थलमा भएको दिप प्रज्वलनमा नेपालमा अस्थायी रुपमा बसोबास गरिरहेका दार्जिलिङ, सिलगुढी लगायत स्थानका नेपाली भाषी बासिन्दा र त्यहाँ पढेका नेपाली विद्धार्थीको सहभागीता रहेको थियो ।

गोर्खाल्याड माग गर्दै चलिरहेको आन्दोलनका क्रममा मारिएकाको चिर शान्तिको कामना, घाईतेको शिघ्र स्वास्थ्य तथा त्यस क्षेत्रमा शान्तिको कामना सहित आफुहरुले दिप प्रज्वलन गरेको अभियानमा सहभागीले बताएका छन् । रासस

सम्बन्धित शिर्षकहरु