असार १०, बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसाेधका विषयमा केहि लचक्ता देखाउनुभएकाे छ । स्थानीय तहको चुनाव पछि संविधान संशोधनको प्रस्ताव राष्ट्र र जनताकाे हितमा अाए अाफुहरु छलफलमा जान सक्ने उहाँले बताउनु भयाे । शनिबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले संविधान संशोधनका लागि उपयुुक्त प्रस्ताव आएको खण्डमा एमाले लचक हुने संकेत देखाउनुभएकाे हाे ।
संविधान परिवर्तनशील हुने भएपनि संसोधन गर्दा मुलुक जनताको पक्षमा हुनु आवश्य रहेकाे उहाँले बताउनुभयाे । राष्ट्रिय जनता पार्टीले स्वतन्त्र रुपमा उमेदवारी दिएर दोस्रो चरणकोे निर्वाचनमा सहभागी हुनु मुलुकका लागि सकारात्मक रहेको उहाँले बताउनुभयाे । नेकपा एमाले मधेसी जनताको हितको पक्षमा रहेको पनि उहाँले बताउनुभयाे । निषेधको राजनीति गरेर कसैलाई फाइदा नपुुग्ने भएकाले आफूुलाई सच्याएर लोकतान्त्रिक बाटोमा आउन राजपालाई उहाँले अाग्रह गर्नुभएकाे छ ।








