असार ९,काठमाडौं । मुग्लिन–नारायणगढ सडकमा पर्ने कालीखोलामा पहिरोजाँदा प्रहरीको भ्यान पुरिएर दुई जनाको मृत्यु भएको छ भने अरु दुई प्रहरीहरु हराइरहेका छन् । मुग्लिन–नारायणगढ सडकखण्ड गएराति ११ बजेदेखि नै पहिरोले अवरुद्ध भएको थियो । त्यस ठाउँमा ना ५ ख ७८२७ नम्बरको ट्रक पनि पहिरोले पुरिएको थियो । पहिरोले सडक बन्द भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी असईको नेतृत्वमा पहिरोको अवस्था बुझ्न कालीखोला आएको थियो । ठूलो पहिरो झरेको, ट्रक पुरिएको र बाटो बन्द भएको निरीक्षण गरेर उनीहरू फर्किँदै थिए । फर्कने क्रममा माथिबाट झरेको पहिरोले ना १ झ ९३ नम्बरको भ्यानलाई पुरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भ्यानमा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक (असई) निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्के, सन्दीप कार्की र लीलबहादुर चेपाङ सवार थिए । घटनास्थलबाट दुई जनाको शव निकालिए पनि मृतकको सनाखत भएको छैन । चितवन प्रहरीका अनुशार पहिरो पन्छाउने र अन्य दुईजना प्रहरीलाई खोज्ने काम सँगसँगै अघि बढाइएको छ ।
सम्बन्धित शिर्षकहरु
विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्धित
एजेन्सी । विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्ध भएका छन्। रोमालार्इ […]
गर्भ बसेपछि प्रेमिकाको हत्या
पर्वत । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत […]
मलेसियामा श्रमिकको तलव बढ्दै, लाखौँ नेपाली कामदार लाभान्वित
काठमाडौं । नेपाली श्रमिकका लागि रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसियामा स्वदेशी तथा विदेशी श्रमिकहरुको […]
पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने साउदी अरबको निर्णय,सर्त भने कडा
रियाद । साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ । अति रुढीवादी मुस्लीम मुलुक […]
नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा थप मुस्किल,नेपाललाई लेभल थ्रीमा झारियो
अष्ट्रेलिया । नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा थप मुस्किल बनेको छ । अष्ट्रेलियाको आन्तरिक […]
अष्ट्रेलियामा हुनुहुन्छ ? अष्ट्रेलियाको कुन शहरमा कति बजे दशैंको टीकाको उत्तम साइत
अष्ट्रेलिया । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालीहरुको बसोबास रहेको विभिन्न देश तथा शहरका लागि […]


