८ असार, नेपालगञ्ज । बाँकेका ब्यापारीहरुले २५ किलोको माला पहिर्याएर पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गरेका छन् ।
नेपालगन्ज उध्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतले २५ किलोको माला पहिर्याएर दाहाललाइ स्वागत गरेका हुन् । अध्यक्ष दाहाल पार्टीका चुनावी कार्यक्रममा सहभागी हुने क्रममा बाँकेको नेपालगञ्ज पुग्नुभएको थियो ।
नेपालगन्जमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभामा सहभागी भएका बैश्य लगायतका ब्यवसायीहरुले सोही कार्यक्रममा प्रचण्डलाई स्वागत गरेका थिए । दोस्रो तरणको चुनावको प्रचारमा हिडेका अध्यक्ष दाहालको बुधबार बाँकेको खजुरा, कोहलपुर र बैजनाथको चुनावी सभालाई सम्बोधन कार्यक्रम रहेको छ ।








