भतिजालाई हटाएर छोरालाई युवराज

असार ७,रियाद । साउदी अरबका राजा सलमानले युवराज रहेका भतिजा मोहम्मद बिन नएफलाई हटाइ आफ्ना छोरा मोहम्मद बिन सलमानलाई युवराज घोषणा गर्नुभएको छ । उहाँले यसअघि उहाँका भतिज मोहमद बिन नायफलाई अाफैले युवराज नियुक्त गर्नुभएको थियो ।

३१ वर्षीय मोहम्मद बिन सलमान यसअघि उत्तराधिकारीको दोस्रो वरियतामा थिए । तर अहिले उनलाई पहिले दिइएको गृहमन्त्रालयको जिम्मेवारीबाट समेत हटाइएको छ । नवघोषित युवराजलाई साउदी अरबको उपप्रधानमन्त्रीको  र रक्षा मन्त्रालयको जिम्मेवारी पनि सुम्पिएको छ ।

 

सम्बन्धित शिर्षकहरु