असार ६ । पाँचथर, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष अाेलीले जनतालाई राष्ट्रवादीकाे नाममा भूलभूलैयामा राखेको अाराेप लगाउनु भएकाे छ । सत्ता बाहिर हुँदा हिमाल पहाडमा छुट्टै राष्ट्रवाद र मधेसमा उग्र राष्ट्रवादको अफवाह फैलाएर मुलुकलाई बर्बाद गर्न नहुने उहाँले बताउनु भयाे ।
उहाँले अब हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी समेत गर्नुभएकाे छ । यसपालिकाे उम्मेदवार केन्द्रबाट नभइ स्थानीय कार्यकर्ता सल्लाह अनुशार क्षमता, योग्यता र पार्टीलाई योगदान दिएका अाधारमा गरीएकाे हुँदा अब भने नेपाली काँग्रेस पहिलो पार्टी बन्ने उहाँको भनाइ भनाई छ ।








