असार ४ । काठमाडौं, काठमाडौं उपत्यकाबाट मात्रै वितरण हुँदै अाएको स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब भने उपत्यका बाहिरबाट पनि पाइने भएको छ । पाँच वर्ष भित्र देशैभरिबाट कागजी लाइसेन्स विस्थापित गरी स्मार्ट लाइसेन्स वितरण गर्ने उदेश्यले सरकारले उपत्यका बाहिरका यातायात कार्यालयबाट पनि स्मार्ट लाइसेन्स वितरण गर्न लागेको हो ।
यसै महिनाभित्र अन्य १२ वटै अञ्चल यातायात व्यवस्था कार्यालयमा स्मार्ट लाइसेन्स वितरणको लागि अावश्यक तयारी सक्ने विभागले जनाएको छ । उपत्यकाबाहिर पहिलोपटक पोखरामा यसै साताबाट स्मार्ट लाइसेन्सका लागि आवेदन खोलिने यातायात व्यवस्था विभागले जनाएको छ । स्मार्ट लाइसेन्सका लागि कम्प्युटरसहित सबै हार्डवेयरहरु सबै यातायात कार्यालयमा जडान भइसकेको छ ।
नेपालमै पहिलो पटक २०७२ को गत मंसिर महिनादेखि काठमाडौंमा स्मार्ट लाइसेन्स वितरण सुरु गरेको विभागले उपत्यकाबाहिर पनि नयाँ लाइसेन्स लिने, वर्ग थप्ने, नवीककरण गर्ने र प्रतिलिपि बनाउने प्रक्रिया अगी बढाइने बताएको छ ।








