असार ३ । जेनेभा, अन्तराष्ट्रिय अातङ्कवादी संगठन इश्लामिक स्टेट (आइएस) जिहादी समूहले इराकको प्राचीन शहर मोसुलमा एक लाखभन्दा बढी सर्वसाधारणलाई मानवीय ढाल बनाउने उद्देश्यले कब्जामा राखिरहेको हुनसक्ने शंका संयुक्त राष्ट्रसङ्घले ब्यक्त गरेको छ । राष्ट्रसङ्घको शरणार्थी मामिला संस्थाका इराकस्थित प्रतिनिधि ब्रुनो गेडोले आइएसले मोसुल वरपरका नागरिकलाई लगातार बन्धक बनाउने र युद्धमा प्रयोग गर्ने गरेको र एक लाख सर्वसाधारणलाई अझै नियन्त्रणमा लिइरहेको बताउनुभएको छ ।
द्वन्द ग्रस्त क्षेत्रबाट अन्यत्र जाने क्रममा नियन्त्रणमा लिइएको सर्वसाधारणहरूलाई खाद्यान्न, खानेपानी वा विद्युतको अभावकावीच राखिएको र उनीहरूको दयनीय अवस्था रहेको राष्ट्रसङ्घले जनाएको छ । स्थानीय दायश वा आइएसआइएल समूहको नाममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । नौ महिना पहिले मोसुलमा भीडन्त शुरुभएपछि आठलाख ६२ हजार मानिस विस्तापित भएकामा करिव दुई लाख मानिस मोसुलको सेनाद्वारा नियन्त्रणमा लिइएको पूर्वी क्षेत्रमा फिर्ता भएका छन् ।
सन् २०१४ मा गुमाएको मोसुल सहरको अधिकांश भाग सेनाले नियन्त्रणमा लिइसकेको र केहि सरकारी नियन्त्रणमा लिने प्रयास स्वरुप सेनाले विगत केही महिना यता सुरक्षा कारबाही चलाउदै आएको छ । विद्रोहीद्वारा निरन्तर नागरिकलाई बन्धक बनाउने र आफ्नो अनुकुल युद्धमा प्रयोग गर्दै आएको छ ।








