असार २ काठमाण्डौ । नेपाल आयल निगमले आजराती १२ बजे देखी लागुहुने गरी पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर एक रुपैंया ५० पैसा घटाएको छ । यस अघि १०१ रुपैयाँ ५० पैसाको पेट्रोल अब प्रति लिटर १०० रुपैयाँमा पाईन्छ । त्यस्तै डिजेल र मट्टितेलमा पनि लिटरमा १ रुपैयाँ ५० पैसा घटेर ७६ रुपैयाँ कायम भएको छ । यस अघी यि दुवैको मुल्य प्रतिलिटर ७७ रुपैयाँ थियो ।
एलपीजी ग्यासको मुल्य भने घटाइएको छैन । अहिले ग्यासको मुल्य १३ सय ७५ रुपैया कायमै रहेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य ओरालो लागे पछि भारतिय आयल निगमले तेलको मुल्य घटाएर नेपाल आयल निगमलाई पठाएको निगमका प्रवक्ता सीताराम पोख्रेलले जानकारी दिए ।
निगमले नयाँ मुल्य अनुसार भारतको भन्दा नेपालमा पेट्रोलमा ११ रुपैया ५५ पैसा, डिजेलमा १९ रुपैयाँ ३५ पैसा र मट्टितलमा ११ रुपैयाँ ४० पैसा कममा उपलब्ध गराएको पोख्रेलले बताए । जसको फलस्वरुप नेपालबाट भारतमा तेल तस्कर भएर जाने गरेको निगमको अधिकारीहरु बताउँछन ।








