रोनाल्डो माथि कर छलिको अारोप

असार २ । रियल मड्रिडका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो माथि कर छलिको अारोप लागेको छ । यदि यस अारोपको पुष्टी भएमा उनलाई जेल समेत चलान गर्न सकिने स्रोतले जनाएको छ । मड्रिडको अभियोजन संस्थाको अनुशार रोनाल्डोले रियल मड्रिडबाट लिने गरेको पारिश्रमीक भन्दा कम रकम लिएको देखाएर कर छलि गरेका छन् । रोनाल्डोले सन् २०११ देखि २०१४  सम्ममा १४ करोड भन्दा बढि कर नतिरेको अाफ्नो अनुसन्धानबाट खुलेको संस्थाले बताएको छ  । हाल रोनाल्डोले प्रति साता ३ लाख ६५ हजार पाउन्ड पारिश्रमीक लिने गरेको देखाएपनि वास्तवमा बढी लिने गरेकको संस्थाले जनाएको छ । उता मड्रिडले भने रोनाल्डोले कुनै पनि कर छलि नगरेको बताएको छ ।

सम्बन्धित शिर्षकहरु