एसईई परीक्षाको परिक्षाफल प्रकाशित

असार २ । काठमाडौं, यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा आज प्रकाशित भएको छ । सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।
त्यसैगरी जीपीए ३.६५ देखि ४ सम्म १२ हजार २ सय ८४ जना उत्तीर्ण भएका छन् ।

त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४२ हजार ४ सय २७ विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै जीपीए २.८५ देखि ३.२० सम्म ५० हजार ५ सय ४६ जना उत्तीर्ण भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ६१ हजार ९ सय ५५ जना उत्तीर्ण भएका छन् ।
यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।
ग्रेड सी र त्यो भन्दा कम अंक ल्याउने विद्यार्थीले यसैवर्ष सबै विषयको परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

सम्बन्धित शिर्षकहरु