१ असार । मोगादिसु, रमाजानको ब्रतपछि खाना खानको लागि जम्मा भएको जनसमुदाय माथि सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान आतङ्ककारी हमला भएको छ । आतङ्ककारी समूहले एक रेष्टुरेन्टमा आत्मघाती कारबम बिस्पोट गराएको हो । सोमालियाको सरकारका प्रवक्ताले कताएअनुशार कम्तीमा १८ व्यक्ति मारिएका छन् ।
आक्रमणमा संलग्न बन्दुकधारीहरु पनि उक्त सुरक्षा कारबाहीको क्रममा मारिएका सोमालियाको सुरक्षा मन्त्रलयका प्रवक्ता मोहमद अहमद अरबले बताएका छन् ।
बिहानै गराइएको सो आक्रमणमा १८ जना निर्दोष सर्वसाधारण मारिनुको साथै अन्य १० भन्दा बढी घाइते भएका छन् । स्थानीय समयाअनुसार बुधबार साँझ ८ बजेबाट रेष्टुरेन्ट, क्लबमा कारबम आक्रमण भएको र त्यसपछि नजिकै रहेको पिजा हाउस रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गरेको बताइएको छ ।








