एसईई परीक्षाको परीक्षाफल शुक्रबार हुने

जेठ ३१,काठमाडौं। गत वर्षको चैत्रमा भएको एसईई परीक्षाको परीक्षाफल शुक्रबार सार्वजनिक हुने भएको छ । परीक्षाफलको सम्पूर्ण तयारी पूरा भइसकेको र असार २ गते शुक्रबारको दिन परीक्षाफल प्रकाशन गर्ने तयारी भइरहेको उप–परीक्षा नियन्त्रक डिल्ली लुइँटेलले बताउनुभयो । परीक्षाको नतिजा तयारी अवस्थामा रहेको छ ।

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी जम्मा पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी थिए । यस वर्षको एसईईको परीक्षाफल ग्रेडिङमा प्रकाशित हुनेछ । प्राविधिक तर्फको भने थप एक साता लाग्ने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षकहरु