तराईमा एमाले समाप्त्त हुन्छ भन्ने हल्ला षड्यन्त्र हो :ओली

जेठ २८ । काठमाडौं, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चराणको स्थानीय निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो नै रहने दावी गर्नु भएको छ् ।

बाँकेको नेपालगञ्जमा आज आयोजित उमेद्वार घोषणा सभालाई सम्बोधन गर्दै उहाँले तराईमा एमाले समाप्त्त हुनेछ भन्ने हल्लाको कुनै अर्थ नभएको बताउनु भयो ।

यसरी फैलाइएको हल्ला एमाले विरुद्धको षड्यन्त्र भएको भन्दै उहाले तराई मधेशमा एमाले बढारिन्छ भन्नेहरु आफैं सकिने बताउनु भयो ।

ओलीले नेपालगन्जको मेयरको उम्मेदवारमा समसुद्धिन सिद्धिकी र र उपमयेरमा शान्ती ढकालको नाम घोषणा गर्दै तराई मधेशका जनता एमाले जिताउन आतुर रहेको बारे चर्चा गर्नु भयो ।

सम्बन्धित शिर्षकहरु