बर्षाको कारण घर भत्किँदा एक परिवार विस्थापित

जेठ २८ ।पर्वत, बर्षाको कारण पर्वत जिल्लाको महाशिला गाउँपालिका–४ मा तीनतले घर पूर्ण रुपमा भात्किएको छ । साविकको पाखापानी गाविस–५ खानीडाँडाका प्रेमबहादुर क्षेत्रीको घर गएराती यसरी भत्किएको हो ।
विनाशकारी भूकम्पका कारण आंशिक क्षति पुगेको उक्त घर शुक्रबार साँझ आएको वर्षाका कारण पूर्णरुपमा भत्किएर क्षति पुगेको वडा सचिव झलक शर्मा पौडेलले जानकारी दिनुभयो ।
घर भत्किँदा रु छ लाखभन्दा बढीको क्षति पुगेको छ । घर भत्किएपछि क्षेत्रीको चारजनाको परिवार अहिले विस्थापित बनेका छन ।

भूकम्पकै कारण भएको क्षतिले घर भत्किएकाले क्षतिपूर्ति उपलब्ध गराउन पीडित क्षेत्रीले माग गर्नुभएको छ ।

सम्बन्धित शिर्षकहरु