वादी महिला अब राजनीतिमा

जेठ २६ । कैलाली,सुदूरपश्चिमका पिछडिएको जाति भनेर चिनिने वादी समुदायकी चन्द्राकुमारी वादी उपप्रमुखमा पहिलो महिला उम्मेदवार हुनुभएको छ ।

सङ्घीय समाजवादी फोरम, नेपाल पार्टीको तर्फबाट उहाँले कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेबाट उपप्रमुखमा उम्मेदवारी दिनुभएको हो ।
वादी सङ्घीय समाजवादी फोरम, नेपालको भ्रातृ सङ्गठन सङ्घीय मजदुर ट्रेड  युनियन सङ्घको केन्द्रीय सदस्यसमेत रहनु भएको छ ।

वादी समुदायका तर्फबाट प्रमुखको उम्मेदवार हुन पाएकामा निकै नै हर्षित भएको उहाँले बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु