जेठ २४- अस्ष्ट्रेलिया । मेलबर्नकी एक युवतीलाई घरमै बन्धक बनाउने हतियारधारीलाई प्रहरीले गोली हानी हत्या गरिदिएका छन् । युवतीलाई छुटाउनका लागि घटनास्थलमा पुगेका प्रहरीसँगको भिडन्तका क्रममा तीनजना प्रहरी पनि घाइते भएका छन् । मेलबर्नको ब्राईटनमा भएको यो घटनामा बन्धक बनाइएकी युवती सकुशल छिन् भने उनलाई सोधपुछ भइरहेको प्रहरी अधिकारीहरुले जनाएका छन् । दिउँसो करिब चार बजे प्रहरीलाई एक महिलाले फोन गरी आफुलाई बन्धक बनाएको बताएकी थिइन् । ठीक त्यही बेला ब्राईटनको बे स्ट्रीटमा बिस्फोट भएको थियो । प्रहरीले यो बिस्फोट नभएर बन्दुक चलाइएको आवाज भएको बताएका छन् । दिउँसो ४ बजेदेखि करिब ६ बजेसम्मको समय निकै तनावपूर्ण रहेपनि अन्ततः प्रहरीले बन्धकलाई मुक्त गराउन सफल भएको भिक्टोरिया प्रहरीका एसिस्टेन्ट कमिश्नर एन्ड्रयू क्रिस्पले बताए । बन्धक बनाएका व्यक्तिले प्रहरीलाई नै गोली चलाउन थालेपछि यो घटना भएको थियो । घाइतेमध्ये दुईजना अस्पताल भर्ना भएका छन् । यहीबेलामा च्यानल सेभेनमा कसैले फोन गरेर ईस्लामिक स्टेटका तर्फबाट ठूलै घटना गराउने भनी बताएकोमा फोन गर्ने व्यक्ति र मारिने व्यक्ति एकै हुन् वा होइनन् भन्ने टुंगो लागिनसकेको एन्ड्रयूले स्पष्ट पारे । यो अनुसन्धानकै क्रममा छ । गोली हाली मृत्यु भएका व्यक्तिको पहिचान खुल्न बाँकी छ । निजले अन्दाजी २० वर्षकी युवतीलाई बन्धक बनाएका थिए । यसैबीच, भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयूसले घाइते प्रहरीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
सम्बन्धित शिर्षकहरु
सन् २०२० को टि–ट्वान्टी विश्वकप क्रिकेट अस्ट्रेलियामा, कुन कुन शहरमा हुदैछ खेल
एजेन्सी – सन् २०२० को टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अस्ट्रेलियामा हुने तय भएको छ। […]
अमेरिकाको विभिन्न राज्यमा आचार्य राजन शर्माद्वारा सुखानुभुति कलाका शिविर सन्चालन
असनेपालन्युज सिड्नी । जीवनलाई जस्तो बाटोमा हिंडायो त्यस्तै हुन्छ । विश्व शान्तिका लागि एउटै सकारात्मक सोच […]
अष्ट्रेलियाको सिड्नीमा भाषा सम्मेलनको अायोजना हुँदै
सिड्नी । नेपाली आदिबासी जनजाति मंच अष्ट्रेलियाले यहि अाउँदो डिसेम्बर १७ तारिखका दिन अष्ट्रेलियाको सिड्नीमा […]
मेेलबर्न हमलाका अारोपीलार्इ अदालतमा पेश गरीयाे
अगस्ट २३, मेलबर्न । गत वर्ष मेेलबर्नको इमाम अली इस्लामीक सेन्टर नामक एक मस्सीजमा भएको हमालाकाे सुनुवार्इ […]
अमेरीका माथि हमला भएमा एन्ज्युस सन्धीका अाधारमा अष्ट्रेलियाले त्यसको जवाफ दिने
असनेपाल न्युज । अष्ट्रेलियन प्रधानमन्त्री माल्कोल्म टर्नवुलले यदि उत्तर कोरीयाले अमेरीका माथि हमला गरेमा […]
अष्ट्रेलियाको एक विमान खसाल्न आतङ्कवादी योजनाका दोषीको यस्तो तयारी थियो
साउन १६, सिड्नी । अष्ट्रेलियाको एक विमानलाई उडिसकेपछि खसाल्नेगरी बनाइएको भनिएको आतङ्कवादी योजनाका दोषीले […]


