संघीय समाजवादी फोरमले प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने

काठमडौं । संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्रीको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । उक्त पार्टीका सांसद डा. शिवजी यादवले दिएको जानकारी अनुसार यही गठबन्धनले संघीय गठबन्धनसँग सम्झौता गरेको र सम्झौता कार्यन्वयनतर्फ अगाडि बढेकाले देउवाको पक्षमा मतदान गर्ने पार्टीले निर्णय गरेको हो । फोरम सरकारमा भने अहिले सहभागी नहुने यादवले जानकरी दिए । फोरमले आफ्नो पार्टीको माग देउवा समक्ष राखेको र उनले माग पुरा हुने प्रतिवद्धता जनाएकाले उनको पक्षमा भोट गर्ने जनाए । फोरमका १५ जना सांसद छन् ।

सम्बन्धित शिर्षकहरु