चन्द्रागिरि–८ मा एमाले विजयी

काठमाडौँ, ५ जेठ – चन्द्रागिरि नगरपालिका वडा नं ८ मा नेकपा (एमाले) का वडाध्यक्षका उम्मेदवार सन्तोष खडकाले ७५५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सरोजकुमार थापाले ६८८ मत प्राप्त गर्नुभएको छ । तीन सदस्यमा एमालेका सबिता राउत, कृष्णमाया पुर्कोटी र कमल खत्री निर्वाचित हुनुभएको छ भने काँग्रेसका पुरुषोत्तम रिजाल विजयी हुनुभएको छ ।

प्रमुखको मतगणनामा हालसम्म काँग्रेसका घनश्याम गिरीले आठ हजार १७१ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने एमालेका प्रह्लाद कार्कीले पाँच हजार ९३७ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित शिर्षकहरु