सूचना विभागको प्रेसपास विना समाचार सङ्कलन गर्न नपाइने

वैशाख २६ ।काठमाडौँ,निर्वाचन आयोगले सबै आमसञ्चार माध्यममा कार्यरत पत्रकारहरुले सूचना विभागबाट उपलब्ध गराइएको प्रेसपासका आधारमा मात्र स्थानीय तह निर्वाचनको मतदान तथा मतगणनाको समाचार सङ्कलन गर्न पाउने भएको छ ।

आयोगले स्थानीय तहको निर्वाचनका लागि बेग्लैखालको विशेष पासको व्यवस्था गरी सञ्चारकर्मीको सूचना विभागबाट उपलब्ध परिचयपत्रका आधारमा समाचार सङ्कलन गर्ने व्यवस्था गरिएको आयोगाका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

स्थानीय तहको मतदान र मतगणनाका दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा मात्र सम्बन्धित केन्द्रको समाचार सङ्कलन, छायाङ्कन र तस्बिर लिन सकिने व्यवस्थासमेत रहेको छ ।

आयोगले सबै समाचार माध्यमका पत्रकार र फोटो पत्रकारले सूचना विभागबाट प्राप्त परिचयपत्रका आधारमा मतदान तथा मतगणना केन्द्रको समाचार सङ्कलन गर्न सकिने व्यवस्था गरेको हो ।

सम्बन्धित शिर्षकहरु