३४ जिल्लामा करिब ५० हजार उमेदवार, काठमाडौंमा ३५०६ मनाङमा सबैभन्दा कम २३३

काठमाडौं । तीन वटा प्रदेशका ३४ जिल्लामा हुन लागेको स्थानीय तहको निर्वाचन करिब ५० हजार उमेदवार बनेका छन् ।
निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार ४९ हजार २ सय ७ जना उमेदवार बनेका छन् । काठमाडौंमा सबैभन्दा बढी ३ हजार ५०५ र मनाङमा २ सय ३३ जनाले उमेदवारी दिएका छन् ।
जसमध्ये २ सय ८३ स्थानीय तहका मेयर पदका लागि १ हजार २ सय २५, उपमेयरमा १ हजार ४ सय २९ ले उमेदवारी दिएका छन् ।
त्यसैगरी २ सय ८३ स्थानीय तहका २ हजार ५ सय ९८ वडाका लागि १० हजार ८ सय ४१ जनाको उमेदवारी परेको छ ।
खुला वडा सदस्यमा सदस्यमा ५ हजार १ सय ९६ पदका लागि १८ हजार ३ सय ७१ जनाको उमेदवारी परेको छ । एक वडामा दुई जना खुल्ला सदस्य निर्वाचित हुन्छन् ।
त्यसैगरी महिला सदस्यमा २ हजार ५ सय ९८ पदका लागि ९ हजार ३३ र त्यतिकै संख्यामा निर्वाचित हुने दलित महिला सदस्यका लागि ७ हजार ४ सय ७२ जनाको उमेदवारी परेको आयोगको तथ्यांकले देखाएको छ ।
आयोगले २ सय ८३ स्थानीय तहबाट डाटा आउने काम भइरहेकाले अझै केही संख्या तलमाथि हुनसक्ने जनाएको छ । बिहीबारसम्म उमेदवारी फिर्ताको समय भएकाले केही ठाउँको संख्या घट्ने पनि देखिएको छ ।

सम्बन्धित शिर्षकहरु