बेवारीशे सकेट बम नष्ट

गाईघाट , २० वैशाख – मङ्गलबार नेपाली सेनाको भवानी दल गुल्म, ताराघारी, कटारीको टोलीले उदयपुरस्थित उदयपुरगढी गाउँपालिका–२, सिरबानी गाउँका एक किसानको घरनजिक बेवारीशे अवस्थामा फेला पारिएको ६ थान सकेट बमलाई नष्ट गरेको छ । नेपाली सेना भवानी दल गण, उदयपुर बोक्सेले बताए अनुसार स्थानीय एक किसानको घरनजिक बमजस्तो वस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको र तत्कालै प्रहरीले तत्काल सेनालाई खबर गरेको थियो ।

उक्त बम भवानी दल गुल्म ताराघारी कटारीका क्याप्टेन भरत गिरीको नेतृत्वमा गएको ६ जनाको बम डिस्पोजल टोलीले घटनास्थलमै नष्ट गरेको भवानी दल गण उदयपुर बोक्सेका प्रमुख सेनानी सुमन खड्काले बताउनुभयो । सो बम कसैले लुकाएको हो अथवा विगतमा भएको माओबादी द्वन्द्वकालमा छाडिएको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको सेनाले बताएको छ ।

सम्बन्धित शिर्षकहरु