शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६१औँ जन्म जयन्ति सिड्नीमा भब्यताका साथ मनाइने भएको छ। शान्तिको सन्देश छर्ने गौतम बुद्धका उपदेशहरु विश्व भरि फैलाउने कर्तब्य अब हाम्रो पनि हो। हामी विश्वको जुन भूगोलमा रहेपनि आखिर नेपाली नै हौँ र पो गर्व गर्न सक्छौँ ,भगवान गौतम बुद्धको भूमी भनेर। विश्वले शान्ति खोजीरहेको बेला सगर्वले बुद्धका सन्देश सबैतर्फ फैलाउने बेला भएको छ । आगामी १४ मे २०१७ आइतबार सिड्नी स्थित होलविच एभिन्यु टेम्पि रिसर्भमा बिहान ११ बजे देखि विभिन्न प्रस्तुतीहरु सहित बुद्धजयन्ती भब्यरुपमा मनाईने भएको छ। बुद्ध दर्शन समितिले संयोजन गर्ने सो कार्यक्रमलाई विभिन्न संघ संस्थाहरुको पनि सहयोग रहने बताईएको छ। तमु समाज , मगर समाज, छन्त्याल समाज, थकाली समाज , शेर्पा समाज, तामांग समाज, रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया,गुठि अस्ट्रेलिया लगाएत विभिन्न संघ संस्थाहरुको सहयोग रहने जनाईएको छ। टेम्पि ट्रेन स्टेसनबाट रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले निशुल्क यातायातको सुविधा उपलब्ध गराउने जानकारी गराएको छ। साथै उक्त दिन बुद्ध पूजा , बुद्ध दर्शन प्रवचन, ध्यान योगा, बुद्ध कप फूटबल ,भलिबल , म्यूजीकल चेयर लगायत अन्य धार्मिक, संस्कृतिक तथा खेलकुद सम्बन्धि कार्यक्रम रहनेछन। सो कार्यक्रममा सहभागि भई सफल बनाईदिनहुन अष्ट्रेलिया तथा सिड्नी वरपर रहनुहुने सबै महानुभावहरुलाई आयोजकले अनुरोध गरेको छ।
सम्बन्धित शिर्षकहरु
बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर फैलँदै
बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर […]
मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान विश्वव्यापी स्वरूप
कैलाश–मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान काठमाडौं। Mount Kailash तथा Lake […]
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग (10 Video Guidance
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग दशमहाविद्या साधना प्राचीन नेपाल–उत्पत्ति भएको […]
अष्ट्रेलियाको सिड्नीमा धर्म–जागरण महा–सत्सङ्ग
Ausnepalnews/ अष्ट्रेलियाको सिड्नीमा अागामी २०७२ पौष १२, १३ र १४ गते भव्य धर्म–जागरण महा–सत्सङ्ग आयोजना हुने […]
Historic Milestone: Sydney’s First Nepali Diamond Popular Marriage Celebrant
Sydney’s First Nepali Diamond Popular Marriage Celebrant Sydney, Australia:Happy Celebrant Nepali Wedding […]
बाथर्स्टमा भव्य तीज २०२५, पाशुपतिन बौद्ध तपोधाममा विशेष कार्यक्रम सहित
बाथर्स्टमा भव्य तीज २०२५, पाशुपतिन बौद्ध तपोधाममा विशेष कार्यक्रम सहित Ausnepalnews ,बाथर्स्ट […]


