सिड्नी अष्ट्रेलिया
सञ्चारकर्मी सिद्धार्थ लामिछानेको एकल गीती संग्रह “कला” बजारमा छिट्टै सार्बजनिक हुनेभएको छ।बिगत दुई दशक देखि सञ्चार क्षेत्रमा कार्यरत लामिछाने हाल सिड्नीमा बस्दै आएका छन। प्रवासमा रहेर नेपाली पहिलो अनलाईन रेडियो झड्का चलाउंदै आएका उनले सिड्नीमै विभिन्न म्युजिक भिडीयोहरु पनि बनाउदै आएका छन्। सुनिल बर्देवाको अन्तिम गित को भिडियो र उनकै भाई लबिंन बर्देवाको पनि गीत रिलिज हुने अवस्थामा रहेको बताईएको छ । एक बर्ष अघि सिद्धार्थ लामिछानेलाई मातृ शोक परेको थियो, पशुपतिमा १३ दिनको बसाईमा उनले आफ्नो आमाको नाममाकेहि कविताहरु लेखेका थिए,ती कविताहरुलाई संगीतकार शिखर सन्तोष,डिजे सन्तोष (सन्तोष सुबेदी),नारेश्देव पन्तको सहयोगमा गीति संग्रह बनाउन लागिएको हो।करीब एक बर्षको प्रयासमा “कला” नामक गीति संग्रह तयार भएको छ ,जसमा कलाकारहरु दिपक खरेल, इश्वोर अमात्य,सत्य राज आचार्य, स्वरूप राज आचार्य, मनोज सेवा ,मेनुका पौडेल र धेर्मेंद्र सेवानले आफ्नो आवाज दिएका छन। सो गीती संग्रहमा संगीत शिखर सन्तोष, रोशन थापा,हरि लम्साल र मेनुका पौडेलको रहेको छ भने सो गीति संग्रहमा एउटा गीत बिजय सिबकोटिले लेखेका हुन।सो “कला ” गीती संग्रह सिद्धार्थ लामिछानेको मुमा स्व: कमला लामिछानेको पहिलो बार्षिक पुण्य तिथि वैशाक २५ गते राष्ट्रिय नाचघरमा सांझ ५:३० बजे विमोचन हुने बताईएको छ।








