दुई वटा गाडी एक आपसमा ठोक्किँदा एकको मृत्यु,छ घाइते

वैशाख १२ ।धनुषा,जनकपुर-ढल्केवर सडक खण्डमा आज दुई वटा गाडी एक आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जनकपुरस्थित मुजेलियमा विपरीत दिशाबाट आउँदै गरेका बस र टाटा सुमो दिउँसो एकापसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एकजना गम्भीर रुपले घाइते भएका छन् ।

ना २ ख ५२२६ नम्बरको जनकपुरबाट जाँदै गरेका यात्रुबाहक बस र ढल्केवर तर्फबाट आउँदै गरेको ना १५ च १७५० नम्बरको टाटासुमो ठोक्किएको हो ।
घटनामा टाटासुमोमा सवार ४० वर्षका एक पुरुषको ज्यान गएको छ । सुमोका चालकको अवस्था चिन्ताजनक छ । उनीहरुको नाम खुल्न सकेको छैन ।

घाइतेहरुको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बसका चालक तत्कालै फरार भएका कारण प्रहरीले उनको खोजी गरिरहेको छ ।

सम्बन्धित शिर्षकहरु